Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

परिचय
मनोज ढुंगाना "पागल विश्वास"
जन्म : वि.सं. २०३१ बैशाख २६ गते (ई.सं. ९ मई १९७४ बिहिबार)
जन्म स्थान : हेटौडा अस्पताल, मकवानपुर
बसोबास : “मनोरस वाटिका” श्रद्दानगर, बासुदेव मार्ग, हेटौडा-४, मकवानपुर
माता : स्व. राधादेवी ढुङ्गाना
पिता : स्व. कृष्णप्रसाद ढुङ्गाना
पेशा / सेवा : नोकरी
संलग्नता :
~हेटौडा बजार लायन्स क्लब, संस्थापक अध्यक्ष
~हेटौडा बजार लियो क्लब, सल्लाहकार
~मकवानपुर हेटौंडा लायन्स क्लब, संस्थापक सदस्य
आजीवन सदस्य
~नेपाल अर्बुद रोग निवारण संस्था, मकवानपुर
~मातृभूमि साहित्य समाज, हेटौंडा मकवानपुर
~नेपाल स्रष्टा समाज, काठमाण्डौ
~नेपाल रेडक्रस सोसाइटी, हेटौंडा-४
~सामुदायिक सेवा समिति, हेटौंडा-९
~सहिद स्मारक बिकास समिति, हेटौडा-११
~नेपाल भारत मैत्री संघ, मकवानपुर
~नेपाल लायन्स फौण्डेसन, काठमाण्डौ
~हाम्रो मझेरी साहित्य प्रतिष्ठान, चितवन
प्रकाशित कृतिहरु 

"नारी संघर्ष" उपन्यास | प्रकाशक : प्रतिमा उपाध्याय | २०५० | पहिलो संस्करण १००० थान | मूल्य: ने रु २० |

"म र काठमाडौँ " कथा संग्रह | प्रकाशक: हेटौडा बजार, लायन्स क्लब | २०६९ | पहिलो संस्करण २००० थान | मूल्य: ने रु १५० |

"हैसियत ३" संयुक्त गजल सङग्रह | प्रकाशक: हाम्रो मझेरी साहित्य प्रतिष्ठान, चितवन | २०७३

सम्पादन : 
~स्पन्दन त्रैमासिक साहित्यिक पत्रिका ६ अंक २०६३-२०६५

~मकवानपुरका लायन्स क्लबहरुको वार्षिक स्मारिका २०६६-२०७२
~पदमा-बोध; राजेश्वरी काफ्ले सर्लाहीको स्मृति खण्ड काव्य २०७२
~कागलाई बेल; राजन ढकाल हाँडीखोला मकवानपुर कविता संग्रह २०७२
पुरस्कार / सम्मान / पदक :
~बिद्यालय स्तरिय साहित्य गोष्ठी (कविता) मा प्रथम, २०४९ 
~जि.बि.स. मकवानपुरबाट आदर्श दम्पत्ती सम्मान, २०६४ 
~हेटौडा जेसीजको अन्तर जेसिज बक्तित्वकलामा प्रथम, (२००९) २०६६
~युनिलिभर नेपाल लि., 15 Years Good Service Award, 2011 २०६८
~सिनर्जी अवार्ड २०१२–१३, लायन्स क्लब्स इन्टरनेशनल, ३२५ बि२, नेपाल 
~आउट स्टेन्डींग प्रेसिडेन्ट अवार्ड २०१२–१३, लायन्स क्लब्स इन्टरनेशनल, ३२५बि२, नेपाल 
~आउट स्ट्यान्डींग चिफ कोर्डिनेटर अवार्ड २०१३–१४, लायन्स क्लब्स इन्टरनेशनल, ३२५बि२, नेपाल 
~आउट स्ट्यान्डींग जोन चेयरपर्सन अवार्ड २०१४–१५, लायन्स क्लब्स इन्टरनेशनल, ३२५बि२, नेपाल
~आउट स्ट्यान्डींग लियो एडभाइजर अवार्ड २०१४–१५, लियो क्लब इन्टरनेशनल, ३२५बि२, नेपाल
~उद्योगका आन्तरिक कार्यक्रमहरुमा सुरक्षा, चित्रकला, खेलकुद आदीमा धेरै पटक पुरस्कृत
अन्तर्राष्ट्रिय सम्मान
~मेम्बरशिप ग्रोथ पिन बाट सम्मान २०१०–११, लायन्स क्लब्स इन्टरनेशनल, युएसए
~लायन्स क्लब एक्सटेन्सन अवार्ड २०१२, लायन्स क्लब्स इन्टरनेशनल, युएसए 
~क्लब पे्रसिडेन्ट एक्सिलेन्स अवार्ड २०१२–१३, लायन्स क्लब्स इन्टरनेशनल, युएसए 
~लियो क्लब एक्सटेन्सन अवार्ड २०१४, लायन्स क्लब्स इन्टरनेशनल, युएसए 
~इन्टरनेशनल लिडरशिप अवार्ड २०१५, लायन्स क्लब्स इन्टरनेशनल, युएसए
~बंगलादेश नेपाल फ्रेन्डशिप सोसाइटी, बंगलादेश बाट सम्मानित २०१६
अन्य : 
~थुप्रै साहित्यिक तथा सामाजिक पुस्तकहरुको आवरण चित्र तथा प्रतिक चिन्ह सिर्जना |
~नियमित रक्तदाता: (हाल सम्म ७७ औं पटक रक्तदान )
~नमस्कार दैनिकमा २०५१ देखि "पागलपनको विश्लेषण" नामक साप्ताहिक स्तम्भ | स्तम्भको लोकप्रियता संगै राजनैतिक धारमा लेख्न आग्रह प्रस्ताव अस्वीकार गरिएको कारण ६ महिनामा स्थगन |
~संमृद्ध समाज राष्ट्रिय दैनिकमा २०६९ माघ देखि २०७२ माघ सम्म “फ्राइडे कर्नर” स्तम्भकार

इमेल: mdhungana05@gmail.com
मोबाइल नं. : ९८५५०६८५५४

साहित्य सिर्जना आफैमा एउटा साधना हो | कयौ साहित्यकारहरु पिएर साहित्य सिर्जना गर्छन त कयौ प्राकृतिक सुन्दरता संगै रमाएर सिर्जना गर्छन | एकान्तमा बसेर पनि कसै कसैले लेख्छन भने जुन बेला मनमा भावनाहरु फ़ुर्न थाल्छन तुरुन्तै लेख्न थाल्ने सर्जक पनि छन् |
अर्को कुरा सृजनाका लागि प्राय सबैको कुनै न कुनै प्रेरणाको स्रोत हुदो रहेछ | मेरो लेखन को कुरा गर्दा म त्यस्तै सात-आठ कक्षा तिर हुँदा कसैलाई मन पराउन थालें र त्यसको प्रतिफलमा म साहित्यिक सृजनामा अग्रसर भएँ | प्रेम मार्ग बाट मेरो साहित्यिक यात्रा सुरु भएको कारण म प्राय प्रेमका कुरा लेख्न बढी रुचाउछु | साहित्य सिर्जनाका लागि नारी चरित्रलाई म साहित्यको भण्डार मान्दछु, जहाँ दुनिया देखाउने ममता कि खानी आमा देखि चण्डी-दुर्गा जस्ता शक्तिशाली देवी अनि अप्सरा-उर्वसी जस्ता पात्रहरु समेटिएका छन् | लेख्नका लागि विषय वस्तु को कहिलै कमि महसुस हुदैन | सायद यहि मेरो नारी चरित्र प्रतिको लगावका कारण पहिलो औपन्यासिक कृति "नारी संघर्ष" २०५० तथा दोस्रो युवा कथा संग्रह "म र काठमाडौ" २०६९ पनि नारी प्रधान जन्मिए |
देशको वर्तमान परिस्थितिमा चित्त नबुझेका कुराहरुमा आफ्नो मन हल्का गर्नै भए पनि कहिले काहिँ लेखहरु लेख्ने गर्छु र पत्र-पत्रिकामा प्रकाशित हुने गर्छन |
समय र परिस्थितिलाई मध्यनजर गर्दै “विश्वास”, “पागल विश्वास”, “मनु शर्मा”, “एम डी दि ग्रेट” तथा आफ्नै नामले धेरै खाले लेख तथा रचनाहरु सृजित भएछन तर कहाँ कति प्रकाशित भए भन्ने सूचना सुचिकृत गर्नकै लागि पनि यो पेजको सिर्जना गरेको छु | सम्भव भए सम्म सबै प्रकाशित लेख रचनाहरु संकलन गर्दै यो पेजमा जम्मा गर्ने क्रममा छु |  प्रस्तुत रचनाहरू प्रति यहाँहरूका सबैखाले प्रतिक्रिया, सल्लाह तथा सुझाबको अपेक्षा गरेको छु |