Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

आज भोलि मधुसाला

आज भोलि मधुसाला धाउन थालेको छु ।
दुइ प्याकमै खुसी म पाउन थालेको छु ।

मनचरी भडकिएर बाटो बिराउँदा
सानीकै आँखामा म हराउन थालेको छु ।

कहिलेकाहीं तन्नेरी उमेरको याद आउँदा
भट्टीमै गजल म गाउन थालेको छु ।

लाग्छ यस्तो मेरो लागि संसार केहि हैन
सानी र प्याला बिच म छाउन थालेको छु ।

विश्वासको आधार उनले खै के पो देखिन्
नछादुन्जेल उधारो म जमाउन थालेको छु ।

Posted on 2014-08-20