Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

मान्छे

हाँसी रहेछ मान्छे
बाँची रहेछ मान्छे


अधुरा सबै काम
थाँती रहेछ मान्छे


धन सम्पत्ती यहाँ
साँची रहेछ मान्छे


कात्राेमा खल्ती हाल्न
जाँची रहेछ मान्छे


आफैले आफैलाई 
ढाँटी रहेछ मान्छे


१३ जेष्ठ २०७३

Posted on 2016-05-27