नमानेसि के लाग्छ र
भागी जाऊँ भनेकै हो, नमानेसि के लाग्छ र ।
माग्न आऊँ ? भनेकै हो, नमानेसि के लाग्छ र ।।
तिम्रा बा लाई र्ज्वाँइ, मलाई चाहिया संगीनी
रानी सरी राख्छु भने, नमानेसि के लाग्छ र ।।
भन्द्या छु है घरज्वाइ बस्ने नामर्द चै हैन
बा सकार्छु भनेकै हाे, नमानेसि के लाग्छ र ।।
माया गर्छु भन्ने तर, माइती नछाड्ने लाई ।
२ हातमै लड्डु राख्दा, नमानेसि के लाग्छ र ।।
साथ मात्र देउ प्रिय जोइटिंग्रे भइदिन्छु ।
गुलामी नै गर्छु भन्दा नमानेसि के लाग्छ र ।।
२०७२ चैत्र १३ गते
Posted on 2016-03-26