कुरा गर्छिन् आमा
सुकामाना घिउ खाएको कुरा गर्छिन् आमा ।
पटुकी र चोली लाएको कुरा गर्छिन् आमा ।।
जिवनभरी सासुको खटन् सहिन् उनले ।
नातीनीले स्कट लाएको कुरा गर्छिन् आमा ।।
सुसेलेर हिड्नु पनि अशुभ मान्थिन् उनी ।
बुहारीले गीत गाएको कुरा गर्छिन् आमा ।।
हरेक दिन भट्टी तिर चर्या देख्दा नाती ।
जड्याहाले दुःख पाएको कुरा गर्छिन् आमा ।।
राणातन्त्र भन्दा कडा सासु खटन् रहिछ ।
पिडुलामा छडी खाएको कुरा गर्छिन् आमा ।।
१५ फाल्गुन २०७२
Posted on 2016-02-27