Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

समयको रङ

हजारौ सवालहरु

उर्लिन्छन् समुन्द्रका छाल सरी

र तुरुन्तै बिलिन् हुन्छन् बालुवामा

पानी सुकेजस्तै मनका गह्राहरुमा

किन पृथ्वीनारायणले वाइसे र चौबीसे राज्यहरु

जित्दै, गाँस्दै लगेर बृहत नेपाल बनाए?

राणाहरुले राज्य सम्हाल्दा

किन बनाइए शाहजीहरुलाई कठ्पुतली

अनि जनतालाई अंगुठाछाप?

त्रिभूवनले के पुरुषार्थ गरे

र जनता सहिद भए उनको सत्ता दिलाउन?

भन्छन्

बाबुले दिलाए,

छोराले खोसे

र नातीले फिर्ता गरे रे प्रजातन्त्र,

मधेसी, बामपन्थी वा कांग्रेसी,

प्रजातन्त्रका सेनानीहरुका युद्ध

के सबै खेल थियो?

के स्वार्थ थियो पंचे वा राजनेता हुनुमा ?

किन फेरे रङ लोकतन्त्रका नाममा?

आन्दोलन,

संबिधानसभाका लागि

संबिधान लेखनका सात वर्ष

अघोषित कालाबजारीका लागि

शुन्य प्रगति

रित्तियो ढुकुटी

जन्मायौ संबिधान

कुपोषणको

उर्लीए फेरी छालहरु स्वार्थको,

ढुकुटी कुम्ल्याउन,

नेता उकास्न

देश डुवाउन,

बाइसे र चौबीसे राज्य बिउँताउन

अनि शासक बनेर जनतामाथी रजाँइ गर्न

हाम्रो रोजाइ हो परिवर्तन

देखाउ समयको रङ,

पुरा गर जनताले तिमीलाई दिएको जिम्मेवारी

सक्छौ, शान्ति देऊ,

रोजगार देऊ, बिकास देऊ

सक्दैनौ, नागरिक बन,

तर

स्वार्थमा लिप्त भएको

नयाँ बोतलको पुरानो दवाइ नबन

समय सँगै रङ फेर्ने छेपारो नबन

१४ फाल्गुन, २०७२ शुक्रबार

Posted on 2016-02-26