Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

नागरिकको संबिधान

नागरिकको संबिधान जुटाएर गयौ
इतिहासका पन्नाहरु खुटाएर गयौ

घरजम गर्न बिर्सेछौ नेतागिरी गर्दै
जीवनभरको कमाइ लुटाएर गयौ

सीमाना र संघियताको टुंगो नलगाइ
गरेका ति बाचा कसम टुटाएर गयौ

देशमा भागबण्डाको द्धन्द चलिरहँदा
पाटी भित्रैका साथीभाइ फुटाएर गयौ

जनहितका लागि सधैँ बेफूर्सती तिमी
साथीभाइको न्यानो माया फुटाएर गयौ

सन्दर्भः शुशील कोइराला (२०७२ माघ २६) निधन, १ फाल्गुन २०७२

Posted on 2016-02-13