मनका राजा मानीकन, तीमीसंग भागि आएँ,
बा आमाले दिन्नन् भनि, तीम्रो साथ लागि आएँ
दुइ चुट्कि सिन्दुर मैले, सधै तिम्रा लागि लाएँ
तिम्रो श्रृष्टि रच्ने निहुमा, मैले कस्तो भाग्य पाएँ ?
चोखोमाया जुनी भरि, गरिरहन्छु भन्थ्यौ पहिले,
साना साना उत्सबहरु, सम्झिन्थ्यौ जहिले,
जन्मदिन तिम्रो प्रियसीको, संझनै छाड्यौ अहिले,
म भन्दा नि माया गर्ने, अर्कि को छ अहिले ?
कल्पनाको संसारमा, घुमाउन लान्थ्यौ,
भुन्टे पेटमा हुँदाखेरी, सबै कुरा मान्थ्यौ,
मेरो श्रृष्टि चलाउने, भुन्टेनै हो भन्थ्यौ,
आज थला पर्दाखेरी, भनेको के मान्थ्यौ ?
अर्कैको पछि लाग्छौ अरे, भन्छन साथीभाई,
उनीलाई नै पोस्छौ अरे, खाजा नखाइनखाइ,
डाह गर्नेहरु हाँस्छन, काखी बजाईबजाई
म मा के कमी देख्यौ भन्द्यौ न मलाई ?
मेरो माया उस्को सामु, फिका लाग्छ भने भन,
बैसका मेरा सारा पल, हिसाब गरि गरि गन
लोग्ने मान्छे असन्तोषी, सम्झाउं कसरी मन ?
तीम्री कान्छी सधै भरि भैरहन्छे त यौवन ?
संगै बाच्ने मर्ने कसम, अधुरो भो मनको,
तिम्ले दिएको पिडा लिइ, बाच्नु न मर्नुभो
अजम्बरी यौवन हैन, तिर्सनाहो मनको ।
अबुझ भयौ अर्धांगिनी गहनाहो जीवनको ।