Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

अस्तीत्व

गणतन्त्र, लोकतन्त्र मेरो अतित होईन,
तथापी मलाई लाग्यो आज परिवर्तन प्यारो ।

स्वतन्त्र बोल्न नपाईने राणा शासन होइन,
भोको पेटमै पनि बोल्न पाइने लोकतन्त्र प्यारो।

सर्वोच्च शिखरले परिचीत देश होइन,
मलाई अनुदानको भीख माग्ने नेपाल प्यारो।

ज्ञाानी बुद्धको शान्ति जन्मभूमि होइन,
टायर जलेर प्रदुषण युक्त धुवां धुलो प्यारो।

हरियाली बन पखेरा, छहरा होइन अब
उजाड पाखा अनि सुकेका बगर प्यारो।

कञ्चन नदी नालाको जलासय होइन अव,
बाग्मतीमा थुप्रिएका फोहर अनि ढल प्यारो।

सधै पढाइ, सधै. काम, यो त राम्रो होईन,
मलाई त बन्द हड्ताल चक्का जाम प्यारो।

शहिदहरुको सम्मान, इच्छा आकांक्षा होईन,
शहिद बनाउनेहरुको सम्मान प्यारो।

जनताको शान्ति सुरक्ष्ँँको पहरेदार होइन
सधै भरि नोटको बिटो बांडिहिड्ने प्यारो।

जनताको रोजीरोटीको ब्यवस्था चै होइन
जनताले दिएको ‘संभासद’ रोजगारी प्यारो।

सत्ता दिने जनतालाई मुखमा माड छैन
लोकतन्त्र ल्याइदिए नेताजी लाई प्यारो।

जनताका भावनाको कदर होइन यहां,
बल्ल बल्ल भेट्टाएको कुर्सी मोह प्यारो।

संबिधान रच्ने कसैलाइ फुर्सत छैन यहां,
जालसांझी र पालो पैचोको खेल प्यारो।

देश हांक्ने, निडर, बीर सपुत होईन यहां,
काम चलाउ संबिधान र सरकार प्यारो।

युवा सरोकारका उद्योग रोजगार छैन यहां,
अर्काको चाकडीमा पाइने रेमिटेन्स प्यारो।

बिश्वमा प्रचारीत वीर गोर्खाली होइन यहां,
आन्तरिक द्धन्दले कलंकित नेपाली प्यारो ।

रचना मिति : २७ जेष्ठ, २०६७

Posted on 2010-10-27