Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

म मेरी आमा अनि मातृभुमि

म जन्मेको ठाउं मेरो मातृभूमि
लाग्छ स्वर्ग नै हो मेरो जन्मभूमि !

ईश्वर हुन मेरा ति वाबु आमा
गर्व साथ भन्छु ति हुन् महान !

वकालत गरे संधै मेरा लागि
लाखौ दुःख खेपे मात्र मेरा लागि !

ग्वाला झै सधै पछि लाग्नु पर्ने
छलिएला भनि सधै जतन गर्ने !

मेरी आमा हुन मेरो सारै जाती
रोए-कराए गर्थिन् दया म माथी !

मातृत्वको न्यानो अंगालो सजाइ
तृप्त पार्थिन् सधैं म वालकलाई !

भूमि प्यारो मेरो हेटौडा शहरको
मित्रता अटुट यो जन्मस्थलको !

प्रगती होस सधै मेरो जन्मभुमि
तिम्रा लागि जीवन दिन्छु जुनीजुनी !

१२ बैसाख, २०६६

Posted on 2009-04-25