जीवनका अनमोल कथाहरुको, सम्झनाले सताउन छोडेन !
मुटुमा लागेका ब्यथाहरुको उपाय पत्ता लाग्न सकेन !!
त्यसैले म गाउदैछु कविता, मुटुमा लागेका कथाहरुको !
अनि बताउदै छु एक दुर्दशा, अभागी कर्म यो विश्वासको !!
ढुकढुकीहरु मेरा मुटुको, दिन प्रतिदिनको बेदना !
टाढा बाट मायालु नजरको, नविर्सने सम्झना !!
आशुंले भिजेका परेलीहरुको, महशुस गर्दैछु एक्लोपना !
लामो यात्रा यो जिंदगीको, आशुं शिवाय केहि पाउन सकिन !!
प्रत्येक नजरमा प्यार मायालुको, तर माया भने पाउन सकिन !
यो बेदना उज्ज्वल भविष्यको, सहारा मैले पाउन सकिन !!
ढुकढुकी यो पबित्र प्रेमको, जोगाएर राख्न सकिन !
त्यसैले पठाएँ पत्र सौगातको, जवाफ मैले पाउन सकिन !!
मनको आत्मिय भावनाको, मिचेर मैले हिड्न सकिन !
थिएन अभिनय सुन्दरताको, प्रेम मैले तोड्न सकिन !!
पूजा गरें प्रेमकी देवीको, वरदान मैले पाउन सकिन !
कमजोरी थियो गरिबीको, मायालु भनि बोलाउन सकिन !!
मेरो जीवनको पहिलो कविता : १५ चैत्र २०४८, शनिवार