Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

तीन मुक्तक - ४

चल्या रैछ हिजो आज जुधाउने खेल
भाइभाइको सम्बन्ध फुटाउने खेल
छिमेकीको प्रलोभमा कति दिन फस्छौ?
आऊ मिलि खेलौ उसलाई कुटाउने खेल

दक्ष छु, म इलम गर्छु भन्दा रिन नपाउने
सरकार बिरुद्द अविस्वास दिन नपाउने
प्रधानमन्त्री र राष्ट्रपति जनताकै हुन् भने
छान्ने अधिकार चै जनताले किन नपाउने ?

नेताहरुको  बिवेकमा  आज  धमिरा  लाग्या छ
तन्त्रहरुकै  आडमा  तिनलाई   खाडो जाग्या छ
राष्ट्रियताको मन्त्र जपि कति ध्यान गर्छौ तिमी
सिमानाका जंगे पिल्लर नाप कति भाग्या छ ?

Posted on 2016-08-05