तीन मुक्तक - ३
राम्रा काम गर्न काेहि सिक्दैनन् रे अचेल
असारका कालो पत्रे टिक्दैनन् रे अचेल
ल्याप्चे छापले देश हाक्ने ठेक्का पारे पछि
युवाका प्रमाणपत्र बिक्दैनन् रे अचेल !
जनमतको औचित्य त भोट हाल्न पो रहिछ
करको नाममा जताततै नोट हाल्न पो रहिछ
सडक सदन तातिरा छ अविश्वासका खातिर
बिदेशीको चलखेल त जोत हाल्न पो रहिछ !
आलो पालो सरकार भन्दै देश लुट्दैछ्न्
सकुनीको इशारामा हाम्रो देश भुट्दैछन्
सरकारमा अविस्वास प्रस्ताव राख्नेहरु
जनता जागे अव तिम्रो केश मुड्दैछन् !
Posted on 2016-07-24