Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

तीन मुक्तक - २

सत्ता सधै पक्षमा होस् किन ठान्छ मान्छे ?
कुर्सी देख्नै हुन्न, बस्न किन जान्छ मान्छे ?
सिन्को भाच्ने हैन आखिर कार्यकाल भरि
आफैलाई  सर्वे  सर्वा  किन  मान्छ  मान्छे ?

चाकडीको तेल मालिस् घस्न जानिएन
पौडिएरै  माथि  माथि  बस्न  जानिएन
निश्वार्थ सेवा गर्ने हो, जिम्मेवारी पाए
स्वार्थी  भइ  साथीभाइ  डस्न जानिएन ।

ज्यू हजुरी चल्या रहिछ कुरा बुझ साथी
प्रतिज्ञा नै गर्या रहिछ  कुरा  बुझ  साथी
मुल्यांकन  केहि  हुन्न  मन  नपरे  पछी
समयको  खेल  रहिछ  कुरा  बुझ  साथी ।

Posted on 2016-05-15