बिश्वासको मित्रतामा उत्पात गर्यौ आज
नाकाबन्दी लादेर बज्रपात गर्यौ आज
अरबौको व्यापार थियो तिमी हामी बिचको
भाई-भाई फुटाएर बर्बाद गर्यौ आज ।
छिमेकीले हामीलाई अपार दिएका छन्
यहि बहाना अरबौको व्यापार लिएका छन्
इन्धन हाहाकार हुदैमा कहाँ हुन्छ नाकाबन्दी
साग सब्जी आलु प्याज अपार दिएका छन् ।
जनताहरु बहुलाएकि भन्न सक्दिन
नेताहरु मौलाएकि भन्न सक्दिन
टिकापुर दन्किएको हिजै जस्तो लाग्छ
मधेसी पो बहुलाएकि भन्न सक्दिन ।
सन्दर्भ: भारतको नाकाबन्दी तथा टिकापुर घटना, १४ कार्तिक २०७२