Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

संबिधान जन्माउँदा

संबिधान जन्माउँदा जनता कति मरे हजुर ।

आठ बर्ष रजाइ गर्दा गोजी कति भरे हजुर ।।

चुनाबमा त देखेकै हो मर्लान जस्तै थिए नेता ।

ड्याम्म भूँडी लगाएछन् बेमान कति गरे हजुर ।।

संक्रमणकाल फलदायी भ्रष्टाचार मौलाउन ।

हिसाब छैन ढुकुटीको, लुट्ने कति परे हजुर ।।

जनताको आफ्नै कानून बहुमतले बनाए रे ।

अल्पमतले छिमेकीको बिस्कुन कति चरे हजुर ।।

मधेस ठप्प पार्ने गरि कस्तो कानून बनेछ त ।

रोजी रोटी जोहो गर्दै बसाइ कति सरे हजुर ।।

५ पाैष २०७२

Posted on 2015-12-20