नानी थियौ बुवा–आमाको
नानी थियौ बुवा–आमाको रानी भयौ मेरो
निश्वार्थ हात थामी जमानी भयौ मेरो
सुन्दै खेरी डर लाग्थ्यो घरजमका कुरा
सुख दुःख जे भने पनि खानी भयौ मेरो
दिल खोली मुटु जोड्या, हिजै जस्तो लाग्छ
बाइस वर्षे यात्रामा कहानी भयौ मेरो
जुन देख्दा रहर लाग्थ्यो अँगालोमा बाँध्न
शरदको रश्मि बनि, दानी भयौ मेरो
जल्नेहरु जलिरहुन् मेरो के लाग्छ र ?
तिम्रै खटन प्यारो लाग्छ, बानी भयौ मेरो
२०७२ मंगसिर ८ गते वैवाहिक जीवनको २२ औ वर्षगांठको अवसरमा
Posted on 2015-09-24