आज भोलि मलाई पनि नाम कमाउनु छ ।
काम के चै गरौं हजुर, दाम कमाउनु छ ।।
लक्ष योजना भन्दा पनि कुर्सी मेरो रोजाइ ।
देश खोक्रो बनाइ आफ्नो शान कमाउनु छ ।।
छिमेकीकै आर्शिवाद हो चटक देखाउने ।
नोटै नोटले भरिएको खाम कमाउनु छ ।।
सुन्छु कार्यकर्ता सबै बेरोजगार भाछन् ।
वैतरणी तर्ने एउटा धाम कमाउनु छ ।।
चाकडीकै संजाल रहिछ देश चलाउने ।
राष्ट्रियता हल्लाउने सम्मान कमाउनु छ ।।
२०७२ अाश्विन २३ गते