राष्ट्र हाँक्ने राष्ट्रवादी
राष्ट्र हाँक्ने राष्ट्रवादी लिडर चाहिएको छ ।
भ्रष्टहरुलाई झुकाउने निडर चाहिएको छ ।।
नदी, बिजुली, इन्धनको हिसाब कतै छैन ।
दुरुपयोग रोक्न सक्ने फिडर चाहिएको छ ।।
राजनिति पेशा भयो देश लुट्नका लागि ।
लुटेराको हिसाब नाप्ने मिटर चाहिएको छ ।।
वेरोजगार, अशान्तिले देश दुखाउँदै गर्दा ।
खाडी कानून ब्याख्या गर्ने रिडर चाहिएको छ
आखिर देश चलिराछ रेमिेटेन्स कै भरमा ।
युवा बिदेश पठाउने डिलर चाहिएको छ ।।
३० कार्तिक २०७१ मा नागरिक राष्ट्रिय दैनिकमा प्रकाशित
Posted on 2014-11-16