Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

उजाड मेरो बगैचामा

उजाड मेरो बगैचामा रोपे सुन्दर एउटा फ़ुल
त्यो फ़ुलको माली बन्नु ठान्थे पहिलो भुल |

कयौ हुरि बतास आए, आयो आधि पानी
म निरन्तर लागि परे जोगाउन प्यारो फ़ुल |

मन मोहक सुन्दरतामा लठ्ठिदै अघि बढ्दा
बगैचा नै जगमगायो फ़ुलैफ़ुलको हुल |

राम्रो स्याहार, जतन गरी गोड्मेल गर्दा
तिमी भयौ मेरो लागि अजम्बरि फ़ुल |

१७ बर्ष पुरा भयो मॆरो अनि फ़ुलको नाता
आज पनि मग्मगाउछ प्यारो मेरो फ़ुल |

उजाड मेरो बगैचामा रोपे सुन्दर एउटा फ़ुल
त्यो फ़ुलको माली बन्नु ठान्थे पहिलो भुल |

Posted on 2011-11-24