Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

लाजले हो कि डरले

लाजले हो कि डरले लुकायौ भन्न सक्दिन
मनको गाँठो कसरि फुकायौ भन्न सक्दिन

सपनाहरु धेरै देखे होलान तिम्रा बा आमाले
मेरा लागि कसरि चुकायौ भन्न सक्दिन

जन्म जन्मको बाचा गर्दै आयौ तिमी
आँशु आँखैमा कसरि सुकायौ भन्न सक्दिन

सुख सुबिधा चट्टक्क बिर्सेर आयौ
यो बेरोजगारलाई कसरी पत्यायौ भन्न सक्दिन

आखिर प्रेममा कत्रो शक्ति रहेछ हेर त
झुपडीमै स्वर्ग कसरि सजायौ भन्न सक्दिन |

Posted on 2013-05-21