Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

होली

गर्मी मौसम सुरु भयो सायद आज भोलि ।

साथीहरु सल्लाह गर्छन्, खेल्नलाई होली ।।

खेल्ने रहर नभए पनि निम्तो टन्नै आछ ।

डरै डरमा तयार भा छु झेल्नलाई होली ।।

तन्नेरीले ताकेरै हान्छन् सडकयात्रीलाई ।

रक्षा कवच चै नखोलौ कि, छेल्नलाई होली ।।

होली याद गर्दा पनि मन डराउँछ साथी ।

सारै कर चाहीं नगर है, खेल्नलाई होली ।।

आक्रमणको डरैडरमा कति लुकि बस्नु ।

लोला र रंग जुटाउँदैछु खेल्नलाई होली ।।

१० चैत्र २०६९

Posted on 2013-03-23