Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

एउटा हुरी जिन्दगीको

एउटा हुरी जिन्दगीको भुल्न सकिएन
जिवनमा उनको सामु खुल्न सकिएन ।

मन भरि उनीलाइ सजाउँदै हिंडे पनि
मौका मिल्दा उनी सँग डुल्न सकिएन ।

जाउँ न घुम्न शहर भनि अफर नआ हैन
गोजी रित्तो हुँदा अघि बढ्न सकिएन ।

डर थियो उनले मलाई के पो सोच्लिन् भनि
मन भित्रका उनका माया पढ्न सकिएन ।

साह्रै मायाँ गर्दिरहिछन्, पछि थाहा पाएँ
उनको सिउँदो सिंदुरले भर्न सकिएन ।

Posted on 2013-03-14