प्रियसीको नजरमा कसिंगर बन्छौ किन ?
चोखो माया गर्छौ भने पथ्थर बन्छौ किन ?
संबिधान जस्तै तिमि पत्तो छैन कहिल्यै
प्यासमा मात्र मिलनको दिन गन्छौ किन ?
हरेक पटक पूर्व पश्चीम लामो यात्रा गर्नु पर्ने
हेटौडा मै घरजम गर्न इन्कार भन्छौ किन ?
तिम्रो लागि हरेक पल साँची रहिन उनले
याद माथि झन् याद बढाऊछौ किन ?
तिम्रै श्रीमती बन्ने रहर गरेकी छिन् उनले
एक चुट्की सिन्दुर जाबो दिन्न भन्छौ किन ?
२०६९ भाद्र २३ गते हेटौडा बजार लायन्स क्लबले आयोजना गरेको युवा गजलकार सुश्री विमला कार्की सुसं को एकल गजल सन्ध्यामा वाचित गजलहरु सुन्दा सुन्दै लेखिएको प्रतिक्रिया गजलबाट 🙂