आधी हक लाग्छ भन्दै, जिस्किरहन्थिन् साली ।
मान्छे हिस्सी परेकी थिइ, तर अलि काली ।।
सालीको मन राख्नै पर्याै, डेटिंग् जान थालें ।
बानी पारिन् उनीले नै, रहिछिन् दिल वाली ।।
छोरी पाउँदा दिदीलाई, स्यार्न आइन् उनी ।
दिल भेनाको कब्जा गरिन्, मान्छे कति जाली ।।
जति हेर्यो हेरौँ हेरौँ लाग्ने उन्को यौवन ।
बलेको आगो रहिछिन यो मैन पगाली ।।
कारोवार सालीभेनाको गोप्य राज थियो ।
कालीले छोरो जन्माएर राज खोली हाली ।।
७ मंसिर २०६७