Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

तीन मुक्तक - ५

मनको रहर अनायासै बढे जस्तो लाग्छ
तिमीले भेटेपछि यौवन चढे जस्तो लाग्छ
खै के थियो थाहा छैन त्यो तिम्रो स्पर्समा
देख्नै हुन्न दिलको धड्कन बढे जस्तो लाग्छ

मैलिएको मेरो मन सफा गराउनु छ तिमी सँग
तलतल नै हो आखिर किन डराउनु छ तिमी सँग
दुनियाँको हैन तिमी, आफ्नो मनको कुरा सुन
पलभर नै किन नहोस हराउनु छ तिमी सँग

छलकपट केहि छैन नाम कमाउनलाई
मरीलानु के नै छ र दाम कमाउनलाई
एकपलको खुसी साट्ने अवसर भन्छु म त
कहाँ गलत भएँ म बदनाम कमाउनलाई ?

८ जेष्ठ२०७४

Posted on 2017-05-22