खुल्ला यौन बजार आजको आवश्यक्ता
यौन, एउटा जटिल बिषय, यस बिषयमा लेख्दा, पढ्दा वा कुरा गर्दा सबै बिचारका मानिसहरु केहि मात्रामा भए पनि हिच्कीचाउने गरेको पाइन्छ, जुन बिषयमा हरेकले राम्रो संग जान्न पनि अपरिहार्य छ र यसै बिषय संग सम्बन्धित अपराधका घट्नाहरु हरेक दिन कुनै न कुनै स्थानमा घटिरहेको खबर हामी सञ्चार माध्यम बाट पाइरहेका हुन्छौं ।
खुल्ला यौन बजार आजको आवश्यक्ता किन भन्ने बिषयमा गहिरिएर मनन गर्नुस् त.. आजका युवा, बिषेश गरि टिन एज (१३ बर्ष देखि २० वर्ष सम्मको समय) का पुस्ताहरु हिजो आज जुन सुकै शहरमा टिमिक्क परेका, चौथाइ भाग मात्र अंग ढाकिएका, सिंगारीएका कपडाका सट्टा टाटु छापिएका वा भनौं आपूm द्धारा नै आपैmलाइ सजाइएका प्रसस्त देख्न सकिन्छ । एकातर्पm बिद्यालयमा यौन शिक्षा शिक्षकले बुझाउन नसक्नु अनि बिध्यार्थीले सोध्न नसक्नु, अर्को तर्पm उमेर संगैको शारिरीक बिकासले मनमा कौतुहल्ता÷जिज्ञासाको बाढी आउनुले पनि त्यो समय निकै खतरनाक साबित हुन्छ ।
यौन के हो, यसको सहि सदुपयोग के हो, गलत के हो भन्ने कुरा हरेक व्यक्तिले कमसेकम १२ बर्ष पछि जानकारी हांसिल गर्नुपर्ने बिषय हो तर जानकारीको अभावमा त्यो उरन्ठेउलो मगज पश्चिमी संस्कृती तथा चलचित्रका नक्कल गर्न थाल्छ, यि पुस्ताहरुको फेशन होडबाजी सुरु हुन्छ, कोहि चाहन्छन् अरुले हेर्दा आकर्सित देखिन, केहि सोच्छन् कसैले नदेखुन्, जीवन साथीको खोजीमा लाग्छन कोही्, कयौं माया प्रीतिमा फस्ने र फसाउने खेलमा रुमल्लीन्छन्, धन दौलतमा लोभिने को पनि कमि रहंदैन, कयौं आप्mना शारिरीक÷मानसिक परिवर्तनमा आएको आंधीमा रुमल्लीएका हुन्छन् । यस्तै यस्तै कयौं युवा युवती हरेक दिन भौंतारी रहेका हुन्छन् गाउं, समाजका बिभिन्न स्थानहरुमा । तर अफसोच आफनो आकांक्षा अनुसारको खोजीमा सफलता हात पार्नेको संख्या ज्यादै न्यून रहेको छ समाजमा । यस्ता भित्र भित्रै पिल्सीएका उकुस्मुकुसको जिन्दगी वांचीरहेकाहरु माझ कसैले झिनो आशा मात्र पनि देखाइदियो भने त्यहिं बाट सुरु हुन्छ एक नकारात्मक यात्रा.. दुब्र्यसन,, चेलिबेटी बेचबिखन, यौन शोषण, आप्mनै नजिकका नातेदार बाट करणी तथा हत्या जस्ता जघन्य अपराधहरु ।
बाध्यताको त कुरै नगरौं आखिर स्वइच्छामा यौन ब्यापारमा लाग्नेहरु पनि त समाजमा नभएका होइनन्..। हुनसक्छ कसैको बाध्यता भविष्यमा रहर बन्ला त कसैको रहर वाध्यता । आजको पश्चिमेली फेशन पनि केही हद सम्म यसको दोषी हुन सक्छ । कुनै किशोर किशोरीको अर्ध नग्न शरिरको दृष्यले कुनै बिपरीत लिंगी बिचलीत हुन पुग्दछ र दुबै बिच एक आपसमा आकर्षण र सहमति हुन्छ भने त्यहां तत्काल कुनै अपराध देखिएन तर दुबै बिच फरक मत रहयो भने त्यहां स्वत अपराध जन्मन्छ जुन तपाई हामीले गाउंं समाजमा देखि÷सुनि आएका छौं ।
यौन अपराध दैनीक रुपमा बढ्दैछ्, दुवर््यसनीको संख्या पनि कम छैन, यौन वजार लुकिछीपी सुरक्षीत÷असुरक्षीत फस्टाइरहेको छ, याँैनजन्य बिभिन्न रोगहरुले बढी भन्दा बढीलाई गाँजीनै रहेको छ्, नेपाली चेलीहरु बिदेशमा बेचीएर पनि त्यही पेशामा होम्मीएका छन्, कयौं घर भित्र वावु—छोरी, दाजु—बहिनी, काका—भतिजी बिच नाजायज÷जवर्जस्तीका घट्नाहरु बिभिन्न छापामा भेटीनैरहेका हुन्छौं । जुन नेपाली समाजको आजको तितोसत्य हो ।
निष्कर्षमा भन्नु पर्दा यस प्रकारका जटील समस्याहरुको निर्मुल कार्यको लागि बिभिन्न देशबाट गैर सरकारी संस्थाहरु मार्फत डलर नआउने पनि होइन, तर सहि सदुपयोग हुन नसक्नाले हाम्रो समस्या यथावत छ । तसर्थ खुल्ला यौन बजार आजको प्रमुख आवश्यक्ता बनेको छ, यसमा बिकृती आउन नदिन यसको संरक्षण पनि सरकारकै मातहतमा हुनु जरुरी छ । जो कोही उमेर पुगेका इच्छक ब्यक्तिहरुले यसमा सहज रुपमा प्रवेश पाउनु पर्छ । स्वास्थ्य बिभाग तथा सामाजीक कार्यमा संलग्न गैर सरकारी संस्थाहरु द्धारा बजारको सुरक्षित सिमा रेखा कोर्नु पर्छ । यौन शिक्षाको अनिवार्य रुपमा निम्म माध्यमिक स्तरबाट पाठ्यक्रम राख्नु पर्छ । निर्धक्क सँग यौनका बिषयमा छलफल गर्न जो कोही पनि समाजमा नहच्कने वातावरण तयार गरिनु पर्दछ । तब मात्र हाल घटीरहेको यौनजन्य अपराध, असुरक्षीत यौन बजार, असुरक्षीत गर्भपतन, एच आइ भि एड्स जस्ता रोगहरुको न्यूनिकरणमा ठूलो प्रयास हुनेछ तथा युवा पुस्ताहरुले समय अनुरुपको सहि नियन्त्रणको वाटो पाउनेछन् । अझ पनि सरकारले यस बिषयमा गहिरिएर नसोच्ने हो भने निश्चयनै एक दिन यो देशमा ठूलो आँंधी आउनेछ र अन्य देशको तुलनामा नेपाल यौनजन्य अपराधिक गतिबिधीमा अग्रस्थानमा रहनेछ ।
(२४ डिसेम्बर २००६ मा हेटौंडा सन्देश राष्ट्रिय दैनिकमा प्रकासित)
Posted on 2016-12-25