Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

सामाजिक सेवामा हाम्रो भूमिका

सरकारी कार्यालय प्रांगणमा भव्यताका साथ सम्मानित हुदै थिइन् एउटी महिला “समाजसेवी” को रूपमा । पहिले कहिल्यै नदेखेको यो अनुहार मेरा लागि नौलो थियो । आफ्नै स्थानिय क्षेत्रमा एक महिला यसरि सम्मान थापिरहँदा स्थानिय नागरिकको हैसियतले उनको ’boutमा जान्न चाहेँ । दुइ वर्ष अघि एउटा सामाजिक परियोजना बिस्तारका क्रममा हाम्रो गाउँ आएका एक महापुरूष संग वैवाहिक सम्बन्ध गाँसेर आएकी रहिछिन् उनी पोहर साल । उनको परिचय पाएपछि अर्को अचम्मित कुरा थियो सम्मान कार्यक्रमका संचालक पनि उनैका श्रीमान । यो सानो उदाहरण मात्र हो हाम्रो समाजको, खोज्दै हिडियो भने समाजमा यस्ता कयौ उदाहरण पाउन सकिन्छ । आपूm आवद्ध सस्थाका कार्यक्रमहरूमा आफ्नै अन्तर्वाता दिने, आफ्नै नातागोताका मानिसहरू खोजीखोजी सम्मान गर्ने वा भनौ आजकाल सम्मान खरिद बिक्रि गर्ने गराउने चलनले अलि बढि प्रश्रय पाएको देखिन्छ ।

सामाजिक संस्था र समाज सेवाको विषयमा यहाँहरू स्वयम् बिज्ञ हुनुहुन्छ यस अर्थमा कि अधिकाँश सामाजिक व्यक्तित्वहरू कुनै न कुनै तरिकाले बिभिन्न संघ संस्थामा आबद्ध रहेको पाइन्छ । तथापी मेरो उद्धेश्य सामाजिक सस्थामा लागि सकेपछि यसको सञ्चालन प्रक्रिया, जिम्मेवार पदाधिकारीले गर्ने निर्णय र त्यसबाट संस्थाका सदस्यहरू तथा समाजमा पर्ने प्रभावको विषयमा आप्mना अनुभव सेयर गर्दा संस्थागतहित र व्यक्तिगत भूमिकाका केहि हिस्सामा थोरै मात्र भएपनि परिवर्तन ल्याउने विश्वासमा थोरै चर्चा गर्दैछु ।

हाल देखिएका सामाजिक संस्थाहरूको आम्दानीका श्रोत दुइ खालका छन् । पहिलो स्थानिय सामाजिक संस्थाः जसको आम्दानीको प्रमुख श्रोत भन्नु नै सदस्य, स्थानिय नागरिक, बैदेशीक रोजगारका नेपाली नागरिक, उद्योग, व्यापार व्यवसाय, बिज्ञापन, सरकारी निकाय तथा गैरसरकारी निकायसंगको सहकार्यवाट वा प्रत्यक्ष प्राप्तहुने सहयोग । तिनै स्रोतबाट सामाजिकहितका कार्यहरू गर्नुपर्ने हुँदा पनि कसरी दाताहरूलाई सामाजिक क्षेत्रमा लगानी गर्न, चन्दा दिन अभिपे्ररित गराउने भन्ने खालका परिकल्पना तयार गरिन्छ र साकार पार्नका लागि सदस्यता बिस्तार, आजिवन सदस्यता, तोकिए अनुसारका सहयोग गर्नेहरूलाई दोसल्ला ओढाउने, सम्मानपत्र दिने, शिलालेखमा नाम लेखाउने, हात्ती चढाएर नगर परिक्रमा गराउने, अक्षयकोष स्थापना गराउने आदी खालका परिपाटीहरू जन्माउँदै लगियो र दाताहरू पनि आप्mनो क्षमता अनुसार यिनै मान सम्मानका खातिर समाजसेवीको चारित्रिक प्रमाणपत्र लिदै जान थाले र आवद्धता देखियो समाजसेवा संग ।
दोश्रो आम्दानीको श्रोत हो बिदेशी संघ संस्था संग सहकार्य गरेर बिदेशी रकमले सामाजिक क्षेत्रमा सेवामुखी कार्यहरू गर्ने । सानो भन्दा सानो बस्तु उत्पादनका लागि पनि छिमेकी मुलुकको आश्रय लिनुपर्ने अनि बिदेशी अनुदानमा चलेको हाम्रो देशमा खोक्रा आर्दशका कुरा गर्ने सामाजिक संस्थाहरू पनि छन् जसले बिदेशी लगानी, आम्दानी नस्वीकार्ने घोषणा गरेका छन् तर नेपाल सरकारको करको दायराले नभेट्ने तथा काला धनहरू पनि कहिलेकाँहि सामाजिक लगानीमा डुबुल्की मार्न आईपुगेका हुन्छन् चोखिनका लागि ।

कार्य समितिको गठन, उद्धेश्य सहितको निश्चित बिधान र स्थानिय निकायमा दर्ता गरेपछि जन्मिने सामाजिक संस्थाहरूको नाम र सेवाका प्रकारमा केहि भिन्न देखिए पनि मूल उद्धेश्य भने उस्तै उस्तै हुन्छन्, समाज परिवर्तन, चेतनाको विकाश, वाल कल्याण, अपांग उत्थान, स्वरोजगार तालिम, व्यक्तित्व बिकाश, नेतृत्व बिकाश, सामाजिक हित, दिनदुःखीको सेवा, सामाजिक बिकास आदी आदी । खोजी गर्यौंँ भने समाज सेवाका नाममा कहाली लाग्दा प्रसंग तथा घट्नाहरू घटिरहेका पाउँदछौ । हात्तीका दुइ प्रकारका दाँत (चपाउने र देखाउने) भएजस्तै केहि सामाजिक संस्थाहरूले पनि दुई प्रकारका सेवाहरू बिस्तार गरिरहेका छन् । वाहिरबाट हेर्दा असहाय बालबालिकाहरूका लागि स्थापित वाल मन्दिर देखिने पवित्र संस्थामा पनि वालिकाहरूको श्रम शोषण, यौन शोषण हुने गरेको तथ्यहरू सावर्जनिक हुनुले पनि यो कुरा प्रमाणित गर्दछ । त्यस्तै बिभिन्न प्रलोभनमा परि बेचिएका तथा संकटमा परेका किशोरिहरूको उद्धार केन्द्र अनुराधा कोइरालाको माइती नेपाल, बृद्धा तथा असहायहरूलाई स्याहारिरहेकी दिलशोभा श्रेष्ठको आमाघर, सडक जिवन गुजारा गरिरहेका सडक बालकको उद्धार गृह अर्पण पराजुलीको मामाघर, भर्खरै साँचो जिवन निर्माण अभियानले संचालनमा ल्याएको मानब सेवा आश्रम आदी राम्रा उदाहरण हुन् सर्वोत्क्रिस्ट समाजसेवाको । यि भन्दा बाहेक पनि पुष्पा बस्नेत जस्ता कयौ सामाजिक कार्यकर्ता तथा हेल्प नेपाल नेटवर्क जस्ता संस्थाहरू लागिरहेका छन् नेपाली समाजको उत्थानका लागि । कागजी समाज सेवा देखाएर आफ्नै गोजी भर्ने संस्थाका कार्यकर्ता पनि प्रसस्त भेटिन्छन् यहि समाजमा, ति मध्येका एक हुन् नेपालका असहाय वालबालिका तथा बृद्धबृद्धाहरूको पिडादायी जिवन व्यतित गरिरहेका तस्बिर बेचेर लाखौ डलर कमाउने तर तिनीहरूको लागि केहि नगर्नेहरू ।

संस्थाको नेतृत्व गर्ने व्यक्ति र संस्थाको आर्थिक स्थितिमा पनि निर्भर हुन्छ संस्थाको भविश्य । शुरूका दिनहरूमा राम्रो सहकार्य गरिन्छ, कार्य बिभाजन तथा जिम्मेवारीका कुराहरू सहज मानिन्छ, सबै पदाधिकारीहरूले सक्रियताका साथ संस्थालाइ योगदान गर्दछन्, नियमित बैठक बसि समिक्षा गर्ने र भावि योजना बनाउने कार्य पनि चलिरहन्छ तर जव संस्था एउटा धार समातेर हिड्न थाल्छ, केहि रकम बचत हुन थाल्छ यहाँ सम्म कुनै समस्या रहँदैन । नेतृत्व हाँक्ने लिडरमा आत्म बिश्वास संगै अहम बढ्न थाल्यो भने सबैको बिश्वास माथि घात गर्दै एकल निर्णयको निरंकुशता लाद्न थाल्छन्, काम सधै कार्यकर्तालाई, नाम, मान र सम्मान संधै आपूmलाई भाग लाग्न जान्छ । मान प्रतिष्ठाका कुराहरू, वरिष्ठ व्यक्तित्वहरू संगको साक्षातकार, सहकार्य तथा संस्थागत उपलव्धिका कुराहरूमा आफु नै सर्वेसर्वा भएर परिचित हुने तर पदाधिकारीहरूलाई ओझेलमा पार्न थालेपछि पदाधिकारीहरू पनि भड्किनु स्वभाविक हो । एक प्रकारको आन्तरिक शित युद्ध चल्न थाल्दछ, इसारामा चल्न विवश कार्यसमिती पदाधिकारीहरू गरिसकिएको एकल निर्णयलाइ खातामा उतारेर सहि गर्न वाध्य हुन्छन् ।
भनिन्छ नि बलेको आगो सबैले ताप्छन् भनेर, आर्थिक पारदर्शिताको सट्टा अनावश्यक र मनमानी खर्च भइरहेको हुन्छ र कोषाध्यक्ष स्वयम् अनभिज्ञ हुन्छन् । तव एक कान दुइ कान मैदान हुदै छालहरू उड्न थाल्छन् संस्थागत बिकृतिको । नेतृत्व पंत्तिले राम्रा कामका लागि एकल निर्णय लिइएको भए पनि त्यो बैठकमा पास नभएको कुरा निरंकुशता मानिन्छ, त्यतिबेला नैतिक शिक्षा र आदर्शका कुराहरूको कुनै औचित्य हुनेछैन । सबैले पछाडि कुरा काट्नेछन्, भन्नेछन् आफ्नो आँगको भैसी नदेख्नेले अरूको आँगको जुम्रा देख्ने भनेर ।

यस अर्थमा पनि संस्था प्रतिको आप्mनो दायित्व कसैले नभुलौं कि यो हामीले जन्माएको, हाम्रो समाजको लागि आवश्यक हो र यसका मुलभूत उद्देश्य अनुरूप बिधानको बाटोमा हामी हिड्नुपर्छ । नेतृत्वको अवसर सबैलाई प्रदान गर्नुपर्दछ, सामूहिक कार्यको सम्मान गर्नुपर्छ । बिशेष गरि संस्थागत पारदर्शिताका लागि निर्णय अनुसारको आम्दानी खर्च कोषाध्यक्ष मार्पmत मासिक रूपमा ल्याउनाले सबैको मनोबल बढ्न जान्छ र तपाइको संस्थाले दिर्घायू पाउन सक्छ । एक पटक सोच्नुस त, कतै तपाई पनि राम्रो गर्ने चक्करमा आप्mनो संस्थामा एकल निर्णयको निरंकुशता लादेर संस्थागत सन्तुलन बिगारिरहनु भएको त छैन? कतै आफुले आपैmलाइ र आप्mनो संस्थालाई ठूलो र वरिष्ठताको संज्ञा दिइरहँदा अन्य पदाधिकारीहरू र समाजले तपाईको पछाडी के भनिरहेका छन् आलोचना सुनेर सुधारको बाटोमा पनि लाग्ने कि ?

(जननी मासिक को २०७० बैशाख अंक मा प्रकाशित)

Posted on 2013-04-18