Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

तीन मुक्तक

स्वार्थी रहिछ दुनियाँ नै, गुन बिर्सीदिने
विहानीमा साँझको न्यानो, जुन बिर्सीदिने
याद पनि के आउला, त्यो परदेशीलाई
सधै खाको आफ्नो घरको, नुन बिर्सीदिने

बाचा कसम लत्याएर, मलाई ढाँटी गयौ
धन कमाउने बाहनामा, सबै थाँती गयौ
तिमी राजा म रानी, भन्ने तिम्रा कसम 
आशै आशमा अल्झाएर, डाँडा काटी गयौ

कसलाई के भन्नु छ र, जोडी हिँडे पछि
बिच बाटोमा अलपत्रै, छोडी हिँडे पछि
स्वार्थी लाग्छ दुनियाँ नै, बिश्वास छैन कतै
एक भएको दुइ मुटु, फोडी हिँडे पछि 
 

Posted on 2023-06-10