रंगीन सपना
पहिलो भेट मै उनले मलाई, डसाएर गईन्
मन मुटुमा मेरै तस्बिर, बसाएर गईन्
मन्द मुस्कान भरिएका, पिपलपाते ओठहरु
सलबलाउँदै मेरा गालामा, टसाएर गईन्
अस्ताएका तमाम मेरा, बैशका इन्द्रियहरु
केलाइ कुलाइ गोडमेलगरि, कसाएर गईन्
बाँकी केहि रहेन त्यहाँ उनले, गर्न गराउन
छुट्ने बेला दुइ थोपा आँशु, खसाएर गईन्
बिउँझिदा पो चाल पाएँ, बिछ्यौना मै रहिछु
रंगीन सपनामा रुन्चे हाँसो, हसाएर गईन्
पौष २७, २०८१ शनिवार
Posted on 2025-01-11